बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरियो

logo

काठमाण्डाै : महत्वपूर्ण खेलमा पराजित भएसँगै बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरिएको छ । गएराति सेल्टा डी भिगोसँग २–१ ले पराजित भएसँगै बार्सिलोना उपाधिको दौडबाट बाहिरिन बाध्य भयो ।

२८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३८ र ८९ औँ मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टा डी भिगोलाई जिताए । बार्सिलोनाको जम्मा ७६ अंक छ, अन्तिम खेलमा विजयी भएमा पनि उसको जम्मा ७९ अंक हुनेछ ।

यस्तै शीर्ष स्थानको एट्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडले आ–आफ्ना खेल जितेसँगै उपाधिको टुंगो अन्तिम खेलबाट मात्रै लाग्ने भएको छ । गएराति भएका खेलमा ओउसासुनालाई २–१ ले हरायो । यस्तै रियल मड्रिडले एट्लेटिको क्बललाई १–० गोलले हरायो । शीर्ष स्थानमा रहेको एट्लेटिका मड्रिडको ८३ अंक छ भने रियलको ८१ अंक छ ।

अन्तिम खेलमा एट्लेटिको पराजित भएमा या बराबरीमा रोकिएमा र रियल मड्रिड विजयी भएमा उपाधि रियलले लैजाने छ । तर रियलले बराबरी खेलेमा या पराजित भएमा उपाधि एट्लेटिकोको पक्षमा जानेछ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP