एनआरएनए अफ्रिकाको पहलमा आईभरीकोष्टबाट कृष्ण डुम्रेले गरे अक्सिजन भर्न नगद सहयोग

Krishna Dumre

स्याङजा :
आईभोरीकोष्टमा रहनु भएका स्याङ्जाका कृष्ण डुम्रेले वालिङ नगरपालिकाका कोरोना संक्रमितहरुका लागि सहयोग गर्नु भएको छ । उहाँले ५० थान अक्सिजन सिलिन्डर भर्नका लागि नगद रु ५५ हजार प्रदान गर्नु भएको वालिङ नगरपालिकाले जनाएको छ । एनआरएनए अफ्रिकाको बिशेष पहलमा आफूले नगरपालिकाको अभियानलाई व्यक्तिग रुपमा साथ दिएको डुम्रेले आँधीखोला खवरलाइ बताउनु भयो ।
यसअघि ग्रहौं प्राथमिक अस्पतालनका लागि ३ थान सुविधा सम्पन्न बेड प्रदान गर्नु भएका डुम्रेले मातृभूमीलाई सक्दो सहयोग गर्न पाउदा निक्कै आनन्द आएको बताउनु भयो । उहाँले भन्नुभयो, “हामी बिदेशमा छौं तर मातृभूमी प्रतिको आफ्नो कर्तव्य भुलेका छैनौं ।”
कोरोना नियन्त्रण र रोकथामका लागि वालिङ नगरपालिकाले गरिरहेको प्रयासबाट आफू निक्कै प्रभावित भएको भन्दै डुम्रेले थप सहयोग र सहकार्यका लागि पहल गर्ने बताउनु भयो ।

कृष्ण डुम्रे
कृष्ण डुम्रे
Facebook Comments Box
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि

आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…

TOP