एनआरएनए अफ्रिकाको पहलमा आईभरीकोष्टबाट कृष्ण डुम्रेले गरे अक्सिजन भर्न नगद सहयोग
स्याङजा :
आईभोरीकोष्टमा रहनु भएका स्याङ्जाका कृष्ण डुम्रेले वालिङ नगरपालिकाका कोरोना संक्रमितहरुका लागि सहयोग गर्नु भएको छ । उहाँले ५० थान अक्सिजन सिलिन्डर भर्नका लागि नगद रु ५५ हजार प्रदान गर्नु भएको वालिङ नगरपालिकाले जनाएको छ । एनआरएनए अफ्रिकाको बिशेष पहलमा आफूले नगरपालिकाको अभियानलाई व्यक्तिग रुपमा साथ दिएको डुम्रेले आँधीखोला खवरलाइ बताउनु भयो ।
यसअघि ग्रहौं प्राथमिक अस्पतालनका लागि ३ थान सुविधा सम्पन्न बेड प्रदान गर्नु भएका डुम्रेले मातृभूमीलाई सक्दो सहयोग गर्न पाउदा निक्कै आनन्द आएको बताउनु भयो । उहाँले भन्नुभयो, “हामी बिदेशमा छौं तर मातृभूमी प्रतिको आफ्नो कर्तव्य भुलेका छैनौं ।”
कोरोना नियन्त्रण र रोकथामका लागि वालिङ नगरपालिकाले गरिरहेको प्रयासबाट आफू निक्कै प्रभावित भएको भन्दै डुम्रेले थप सहयोग र सहकार्यका लागि पहल गर्ने बताउनु भयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


