नेपाल र खनालसहित ११ जना नेतालाई एमालेको साधारण सदस्यबाटै निष्कासित

काठमाडौं : कपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरुलाई साधारण सदस्यता समेत नरहने गरी निस्काशन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति वैठकले गत शनिबार स्पष्टिकरण सोधिएका २३ जना मध्ये नेपाल र खनालसहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको हो ।
त्यस्तै १२ जनालाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय पनि गरिएको छ ।
निस्काशित नेताहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कलिला खातुन, पुष्पाकुमारी कर्ण, सरला यादव, निरादेवी जैरु र कल्याणी खड्का रहेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि उनीहरुलाई स्पष्टिकरण सोधिएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…