नेपाल र खनालसहित ११ जना नेतालाई एमालेको साधारण सदस्यबाटै निष्कासित
काठमाडौं : कपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरुलाई साधारण सदस्यता समेत नरहने गरी निस्काशन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति वैठकले गत शनिबार स्पष्टिकरण सोधिएका २३ जना मध्ये नेपाल र खनालसहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको हो ।
त्यस्तै १२ जनालाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय पनि गरिएको छ ।
निस्काशित नेताहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कलिला खातुन, पुष्पाकुमारी कर्ण, सरला यादव, निरादेवी जैरु र कल्याणी खड्का रहेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि उनीहरुलाई स्पष्टिकरण सोधिएको थियो ।
समाचार
थप सामाग्री
प्रथम खुमा अर्याल टी–२० कपको उपाधी गल्याङलाई
१ हप्ता अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा…


