कास्कीमा जेठ २१ सम्म निषेधाज्ञा थप
पोखरा : जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ १४ को रातिदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ तीव्र रुपले फैलिएकोले स्थिति भयावह हुन नदिन निषेधाज्ञालाई निरन्तरता दिएको कास्की प्रशासनले जनाएको छ । कास्कीमा वैशाख १५ देखि निषेधाज्ञा जारी छ ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्की सबैभन्दा धेरै प्रभावित छ । कास्कीमा हाल ३ हजार ९५ सक्रिय संक्रमित छन् । २ सय ७४ जना संक्रमितको निधन भइसकेको छ । बिहीबारमात्रै कास्कीमा ४ सय ४५ नयाँ संक्रमित थपिएका छन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


