कास्कीमा जेठ २१ सम्म निषेधाज्ञा थप
पोखरा : जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ १४ को रातिदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ तीव्र रुपले फैलिएकोले स्थिति भयावह हुन नदिन निषेधाज्ञालाई निरन्तरता दिएको कास्की प्रशासनले जनाएको छ । कास्कीमा वैशाख १५ देखि निषेधाज्ञा जारी छ ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्की सबैभन्दा धेरै प्रभावित छ । कास्कीमा हाल ३ हजार ९५ सक्रिय संक्रमित छन् । २ सय ७४ जना संक्रमितको निधन भइसकेको छ । बिहीबारमात्रै कास्कीमा ४ सय ४५ नयाँ संक्रमित थपिएका छन् ।
समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


