सुआहारा परियोजनाद्धारा गण्डकी प्रदेश सरकार सहित ६ जिल्लामा स्वास्थ्य सामाग्री प्रदान ।

Handover to Province Government pkr

पोखरा :
कोरोना भाइरस रोगको रोकथामका लागि सुआहारा परियोजनाले बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । यू एस ए आइ डी को आर्थीक सहयोग, हेलेन केलर इन्टरनेशनल को व्यवस्थापन र नेपाल सरकारसँगको समन्वयमा संचालीत सुआहारा परियोजना मार्फत स्वास्थ्य सम्बन्धि आधारभुत सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको परियोजनाका गण्डकी प्रदेश संयोजक याम जिसीले जानकारी दिनुभयो ।
परियोजनाले गण्डकी प्रदेश स्थित स्वास्थ्य सामाग्री आपुर्ति केन्द्रको लागि सर्जिकल मास्क दश हजार थान, एन नाईन्टि फाईभ मास्क तीन सय थान, पाँच सय एम एलका ५० बोटल,स्यानिटाइजर र एक सय थान पी पी इ सेट लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदेश संयोजक जिसीले प्रदेश स्वास्थ्य सामाग्री आपुर्ति केन्द्रका जनस्वास्थ्य प्रशासक नवराज पौडेललाइ हस्तान्तरण गर्नुभएको हो ।
यस्तै परियोजनाले कोरोना भाइरस रोग (कोभिड १९) को महामारीको वेलामा कार्यक्षेत्रको अग्रभागमा रहेर स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएका स्थानीय तहका स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई लक्षीत गरि प्रदेशका बिभिन्न जिल्लामा स्वास्थ्य सामाग्रीहरु बितरण गरिरहेको जनाएको छ ।
परियोजना लागु भएका ६ जिल्लाका लागि सर्जिकल मास्क एक लाख ८० हजार आठ सय ८४ थान,स्यानिटाइजर एक सय एम एलको तीन हजार छ सय पाँच बोटल,पाँच सय एमएलको तीन् सय ३४ बोटल,पी पी इ सेट २७० थान बितरण भईरहेको प्रदेश संयोजक जिसीले बताउनु भयो ।
परियोजना लागुभएका गण्डकी प्रदेशका स्याङ्जा, बाग्लुङ, म्याग्दी, गोरखा, लमजुङ र नवलपरासी (ब सु पु) का ५४ वटा स्थानिय तहहरु मार्फत स्वाथ्यकर्मीलाई उपलव्ध गराईदिने परियोजनाले जनाएको छ ।
परियोजनाको स्थानीय साझेदार संस्थाहरु दियालो गै स स ले स्याङ्जामा, गाजा डेभलपमेन्ट फाउण्डेस ले बाग्लुङमा, मिलन म्याग्दीले म्याग्दीमा, पद्धति बिकास सेवा केन्द्रले गोरखामा, आर सी डि सी नेपालले लमजुङमा र बेस नेपालले नवलपरासी (ब सु पु) मा सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयमा स्वास्थ्य सामाग्री बितरण गर्नेछन् ।
बिर्तमान् बिषम परिस्थितीमा स्वास्थ्य र पोषणका सेवाहरुलाई लक्षीत समुहसम्म सुरक्षीत तरिकाले पुर्याउन झनै आवश्यक रहेको भन्दै परियोजनाका प्रदेश संयोजक जिसीले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न लागिएको बताउनुभयो ।
यसैबीच,एकिकृत पोषणको क्षेत्रमा काम गरिरहेको सुआहारा परियोजनाले १६ वटा स्थानिय एफ एम स्टेशनहरुबाट कोभिड १९ सम्बन्धि सचेतनामुलक रेडियो संचार अभियान संचालन गरिरहेको जनाएको छ । परियोजनाका १ सय १६ जना फिल्ड कर्मचारीहरु मार्फत तोकिएको निर्देशिका अनुरुप परियोजना लागुभएका जिल्लाका घरधुरीहरुमा पोषण तथा कोभिड १९ सम्बन्धि सन्देशमुलक सन्देश सहित दैनिक टेलीफोन परामर्श गर्ने काम भईरहेको जिसीले बताउनु भयो । जसका कारण संका लागेका बिरामीलाई स्वास्थ्य केन्द् सम्म पुर्याउन निक्कै सजिलो भएको स्वास्थ्यकर्मीको बुझाई छ ।
परियोजनाले स्यांङ्जा, म्याग्दी र गोरखा जिल्लास्थित स्वास्थ्य कार्यालयहरुमा कोभिडको सुचना व्यवस्थापनको लागि जनशक्ति समेत उपलव्ध गराएको छ ।

Facebook Comments Box
TOP