अटो ईन्जिनियरिङ एसोसियसनद्धारा गह्रौँ प्राथामिक अस्पताल वालिङलाई अक्सिजन सिलिण्डर हस्तान्तरण
वालिङ :
अटो ईन्जिनियरिङ एसोसियसन स्याङ्जाले गह्रौँ प्राथामिक अस्पताल वालिङलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कोभिडको दोस्रो भेरियन्टका कारण देशभर अक्सिजनको अभाव भईरहेका बेला जिल्लामा पनि यस्तो अवस्था सृजना नहोस भनी एसोसियसनले ११ थान अक्सिजन सिलिण्डर प्रदान गरेको हो ।
वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले कोभिडको दोस्रो लहर निकै भयानक रुपमा देखिएको भन्दै यसको नियन्त्रणका लागी नगरपालिका मात्रै नभई सहयोगी संस्थाहरु समेत क्रियाशिल देखिएको बताउनुभयो । कोभिडको पहिलो चरण नियन्त्तणका बेला समेत एसोसियसन लगायत अन्य संघसंस्थाहरुले समेत सहयोग गरेको भन्दै कोभिडलाई नियन्त्रण गर्न नगरपालिका मात्रै एक्लो छैन भन्ने वातावरणको सृजना गरेको भन्दै एसोसियसन प्रति आभार व्यक्त गर्नुभयो ।

एसोसियनले शनिबार अस्पतालमै पुगेर सिलिण्डर हस्तान्तरण गरेको हो । कार्यक्रममा वालिङ स्वास्थ्य साखा प्रमुख कमलप्रसाद पाण्डेले दोस्रो भेरियन्टका रुपमा फैलिएको कोरोना संक्रमितहरुलाई अक्सिजनको अभाव नहोस भनी एसोसियसनले देखाएको सक्रियता निकै सकरात्मक रहेको बताउनुभयो ।
एसोसियसनका अध्यक्ष राजु तिवारीले कोरोनाको रोकथामका लागी नगरपालिकासंगै एसोसियसन पनि संगै रहेको भन्दै आगामी दिनमा वालिङलाई कोरोना मुक्त गराउन खेल्नुपर्ने भुमिकाका लागी आँफूहरु तयार रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन अटो मेकानिक व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा अटो ईन्जिनियरिङ एसोसियसन स्याङ्जाका महासचिव महेश रेग्मीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा एसोसियसनका सदस्यहरु अशोक तिवारी, शिव खनाल, घनश्याम सुवेदी, राजन गिरी, लोकराज काफ्ले, सन्तोष क्षेत्रि, नारायण रेग्मी, अनिल क्षेत्री लगायतको सहभागिता थियो ।

समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


