स्वर्गीय ज्ञान प्रसाद अर्यालको स्मृतिमा परिवारद्वारा वालिङ कोभिड कोषमा १ लाख सहयोग प्रदान
वालिङ :
स्वर्गीय ज्ञान प्रसाद अर्यालको स्मृतिमा परिवारले वालिङ नगरपालिकाको कोभिड कोषमा १ लाख सहयोग प्रदान गरेको छ ।
वालिङ नगरपालिका वडा नं. ८ निवासी स्वर्गीय अर्यालकी धर्मपत्नी शान्ती अर्याल तथा छोराहरु सुशील अर्याल र मनोज अर्यालले एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
कोभिडको न्युनिकरण तथा रोकथामका लागी सहयोगी दाता अर्याल परिवार प्रति नगर प्रमुख दिलिप प्रताप खाँणले आभार व्यक्त गर्नुभयो ।
कोभिडको महामाहारीले मुलकलाई आक्रान्त पारिरहेका बेला यसको नियन्त्रण र न्युनिकरणका लागी हरेक सचेत नागरिकको भुमिका महत्वपुर्ण रहने सहयोगी दाता शान्ती अर्यालले बताउनु भयो । वालिङमा समेत संक्रमण दर बढिरहेका बेला संक्रमित विरामीको उपचारमा सहयोग पुगोस भनेर आफूहरुले सहयोग गरेको अर्याल परिवारले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


