स्वर्गीय ज्ञान प्रसाद अर्यालको स्मृतिमा परिवारद्वारा वालिङ कोभिड कोषमा १ लाख सहयोग प्रदान

sushil Aryal waling mother help

वालिङ :
स्वर्गीय ज्ञान प्रसाद अर्यालको स्मृतिमा परिवारले वालिङ नगरपालिकाको कोभिड कोषमा १ लाख सहयोग प्रदान गरेको छ ।
वालिङ नगरपालिका वडा नं. ८ निवासी स्वर्गीय अर्यालकी धर्मपत्नी शान्ती अर्याल तथा छोराहरु सुशील अर्याल र मनोज अर्यालले एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
कोभिडको न्युनिकरण तथा रोकथामका लागी सहयोगी दाता अर्याल परिवार प्रति नगर प्रमुख दिलिप प्रताप खाँणले आभार व्यक्त गर्नुभयो ।
कोभिडको महामाहारीले मुलकलाई आक्रान्त पारिरहेका बेला यसको नियन्त्रण र न्युनिकरणका लागी हरेक सचेत नागरिकको भुमिका महत्वपुर्ण रहने सहयोगी दाता शान्ती अर्यालले बताउनु भयो । वालिङमा समेत संक्रमण दर बढिरहेका बेला संक्रमित विरामीको उपचारमा सहयोग पुगोस भनेर आफूहरुले सहयोग गरेको अर्याल परिवारले जनाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP