गण्डकीमा ५७४ संक्रमित थपिए, दुई जनाको मृत्यु पुष्टि

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क २२ बैशाख २०७८, बुधबार १८:१७

स्याङ्जा : पछिल्लो २४ घन्टामा  गण्डकीमा थप ५७४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२९० जनामा गरिएको परीक्षणमा ५७४ जनामा संक्रमण पुष्टि भएको हो।

आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २९२ जना, तनहुँका  ४४ जना, गोरखाका  ६० जना, लमजुङका  २ जना र पूर्वी नवलपरासीका ५२ जनामा कोरोना पुष्टि भएको छ।

यता, स्याङ्जाका ४४ जनाको परीक्षण गर्दा २७ जना, पर्वतका  ८ जना, बाग्लुङका ५३ जना, म्याग्दीका २९ जना र मनाङ जिल्लाका  ७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थप भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २० हजार ४२७ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या ३०३१ छ।

पछिल्लो २४ घण्टामा गण्डकीमा ८७ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १७ हजार १५९ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीमा थप दुई संक्रमितको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा स्याङ्गजा जिल्ला गल्याङ नगरपालिका -११ निवासी ५० वर्षीय पुरुष र पर्वत जिल्ला जलजला गाउँपालिका – ७ निवासी ८४ वर्षीय वृद्ध छन्।

मृतकमध्ये स्याङ्जाका पुरुषको स्वास्थ्य विज्ञान प्रतिष्ठान र पर्वतका संक्रमितको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

आज थप भएका मृतकसंगै गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३७ पुगेको निर्देशनालयले जनाएको छ ।

Facebook Comments Box
यो पनि पड्नुहोस..  सडक मै पल्टियो टिपर........

ताजा अपडेट

धेरै कमेन्ट गरिएका