गण्डकी प्रदेशसभा बैठक २७ गते बस्ने

गण्डकी प्रदेश सभाको बैठक २७ वैशाख बिहान ११ बजे बस्ने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा २७ गतेबाट बैठक बस्ने निर्णय गरेको हो ।
कार्यव्यवस्था परामर्श समिति सदस्य कुमार खड्काका अनुसार कोभिड लागेका सांसदहरुलाई प्रदेश सभामा बस्ने छुट्टै स्थानको व्यवस्था गरिनेछ । उनीहरुले बोल्न नपाउने र मत हाल्न पाउने गरी अविश्वास प्रस्तावको बाँकी प्रक्रिया अघि बढ्ने उनले बताए ।
प्रदेश सभामा २ वैशाखमा दर्ता भएको अविश्वास प्रस्तावमाव १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर मतदान नभइ बैठक अनिश्चितकालका लागि स्थगित भएपछि प्रदेश सभा बस्न सकेको छैन ।
प्रदेश सभाका ५ सांसद र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना देखिएको छ । मुख्यमन्त्री गुरुङले सदनमा जवाफ दिने कार्यसूची रहेपनि उनी कोरोना संक्रमित नै रहेकाले एक मन्त्रीलाई अख्तियारी दिएर बोल्न दिइने कार्यव्यवस्था परामर्श समिति सदस्य खड्काले बताए । समाधान अनलाइनबाट
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…