११ वटा जिल्लाका सिडिओसँग मुख्यमन्त्री गुरुङले भने, ‘अक्सिजन कमी भए यथाशीघ्र खबर गर्नुस्’
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अक्सिजन कमी भए यथाशीघ्र खबर गर्न निर्देशन दिनुभएको छ ।
गण्डकी प्रदेशका ११ वटा जिल्लाका कोभिड–१९ जिल्ला व्यवस्थापन समिति (डीसीसीएमसी)का अध्यक्ष प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सम्पूर्ण सदस्यहरूसँगको भर्चुखल बैठकमा मुख्यमन्त्री गुरुङले यस्तो निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो ।
मुख्यमन्त्री गुरुङले मास्क लगाउन अनिवार्य गर्न, जागरण फैलाउन, एम्बुलेन्स रेगुलेटमा निगरानी राख्न, स्वास्थ्य मापदण्ड अपनाइ विकास र निर्माणलाई निरन्तरता दिन, एकद्वार प्रणालीबाट खाना खुवाउन निर्देशन पनि दिनुभएको छ ।
यस्तै गुरुङले स्वास्थकर्मीको मनोबल उच्च बनाउन, जनतासँग नरम व्यवहार गर्न, औषधिको स्टक सचेत बनाउन, अस्पतालमा हुने ठगी र दलालीको नियन्त्रण गर्न, स्थानीय सरकारसँग व्यापक समन्वय गर्न, कोभिडबाहेकका बिरामीलाई पनि निरन्तर सेवा दिन निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्री गुरुङले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब नमुना प्राप्त भएको २४ घण्टाभित्र पीसीआर रिपोर्ट उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गर्दै समभावित तेस्रो वेबको तयारीमा के गर्न उपयुक्त हुन्छ भन्दे सुझाव माग्नुभएको छ ।
वर्षाको सिजन सुरु भएकाले बाढीपहिरो लगायतका प्राकृतिक विपत्तिको जोखिमलाई नियन्त्रणमा पनि ध्यान दिन गुरुङले निर्देशन दिनुभएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


