आज गणतन्त्र दिवस,जनताले भनेझै गणतन्त्र आएकोछैन है !

जेठ १५ : आज  गणतन्त्र दिवस,  जनताले जुन आकांक्षा र अपेक्षा गर्दै राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका थिए, व्यवहारमा  गणतन्त्र त्यस्तो   देखिएको छैन । शासन व्यवस्थामा जनताको जनाादेश बिपरित  दलीय र त्यसमा पनि गूटविशेषको हालिमुहाली चलाउने विकृति देखिएको छ ।
१४ वर्षअघि २०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । २०६२ र ६३ को आन्दोलनपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे यताको १४ वर्षमा मुलुकमा २०७२ सालमा नयाँ संविधान, २०७४ सालमा तीन तह संघ, प्रदेश र स्थानीय स्तरको निर्वाचन सम्पन्न गरिएका छन् ।सिंहदरबारबाट सीमित राज्य सत्ताको विकेन्द्रीकरण गरिएको छ । केन्द्रदेखि स्थानीय तहसम्म जनताका प्रतिनिधिहरुले शासन गरेका छन् । एकात्मक राज्य व्यवस्थाको स्थानमा संघीय र राजतन्त्रको स्थानमा जनताका प्रतिनिधि मूली हुने गणतन्त्र स्थापित गरिएको छ । राज्य व्यवस्थामा इमान र आस्था बोकेकाहरुको भन्दा विचौलिया वर्गको पहुँच बढ्दा जनता छायाँमा परेका छन् । राजनीतिक विकृति घाँटी घाँटीसम्म आउने गरी बढेको छ । फगत सत्ताका लागि केन्द्रित गतिविधि भइरहेका छन् । सत्ताका लागि आफ्नै दल फुटाउनेदेखि सांसद नियन्त्रणमा लिनेसम्मका विकृतिको दलदल देखिएको छ । कोरोना महामारी जस्तो विश्वव्यापी स्वास्थ्य संकटमा पनि मुलुकका मुख्य राजनीतिक दलहरुबीच सत्ताको छिनाझप्टी टुंगिएको छैन । नेता तथा दललाई जनताको मर्म, दुख र समस्याको कुनै प्रवाह भएको देखिदैन ।  कसरी हुन्छ सत्तामा पुग्ने र शक्ति र सम्पति आफू र आफ्नाको पहुँच केन्द्रित गर्ने एकसूत्रीय अभियान प्रमुख बनेको छ ।

कोरोनाबाट दैनिक सयौं व्यक्तिको मृत्यु भइरहँदा सरकारको नेतृत्वमा रहेकाहरुमाथि स्वास्थ्य सामग्री खरिददेखि खोपसम्ममा अनियमिततामा संलग्न भएको आरोप लाग्दा पनि छानबीन र कार्वाही प्रक्रिया चलेको छैन ।
भ्रष्टाचारका ठूला ठूला काण्डहरु त्यसै छोप्न खोजिएको छ भने राज्यका स्रोत दोहनका लागि सत्तानिकट व्यक्तिहरुलाई खुलेआम छुट दिइएको छ । त्यसका लागि संविधान, कानून र विधिहरु ठाडै उल्लंघन गर्न थालेका छन् ।
संवैधानिक निकायहरुमा आफ्ना कार्यकर्ता र निकट अनुचरहरुलाई नियुक्त गर्न संविधान र कानूनी अबरोधहरुलाई अध्यादेशबाट तोड्ने व्यवहारले अनेकन प्रश्न उब्जिएका छन् ।
जनताले दलहरुलाई सत्ता मात्र होइन व्यबस्था पनि सञ्चालनको जिम्मेवारि दिएका हुन, यदि जनताको भोट र आदेशलाई यसरि कुल्चिदै गय भने जनताले फेरि अर्को विकल्प खोज्न सक्छन, नेता गणमा चेतना भया ।

Facebook Comments Box
TOP