नगरवासीलाई बचाउनु मुख्य काम भएको गल्याङ नगरप्रमुख अधिकारीको भनाई
गल्याङ : गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरवासीलाई बचाउनु नै अहिलेको मुख्य काम भएको बताउनुभएको छ ।
उहाँले नगरवासीलाई बचाउन स्थानीय सरकारले कुनै कञ्जुस्याई नगर्ने बताउनुभयो ।
२४ सै घण्टा जनताको सेवामा क्रियाशिल रहेको भन्दै नगरप्रमुख अधिकारीले कुनै पनि समस्या भएमा तत्काल खबर गर्न आग्रह गर्नुभयो ।
गल्याङ नगरपालिका ११ मा दिबंगत हुनुभएका घनश्याम भट्टराईको परिवारलाई सान्त्वना दिन पुग्नुभएका नगरप्रमुख अधिकारीले भन्नुभयो –‘राती १२ बजे समस्या परे पनि फोन गर्नुहोला । हामी जुनसुकै अवस्थामा पनि नगरवासीलाई बचाउन क्रियाशिल छौं ।’
उहाँले नगर अस्पतालमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनिसकेको भन्दै एम्बुलेन्सलाई पनि जुनसुकै अवस्थाका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।
नगर प्रमुख अधिकारीले सानो गल्तिले संक्रमितको मृत्यु हुन सक्ने भन्दै ति साना तिना गल्ति हुन नदिनका लागि चनाखो हुन नगरलाई अलर्ट राखिएको बताउनुभयो ।
उहाँले कोरोना संक्रमणलाई नियन्त्रण गर्न नगरपालिकाले विभिन्न कदमहरु चालिरहेको भन्दै महामारीको बेला नगरपालिकाको अभियानमा सबैलाई साथ दिन आह्वान पनि गर्नुभयो । नगरप्रमुख अधिकारीले अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने तथा स्वास्थ्य मापदण्डहरुको पालना गरी उच्च साबधानी अपनाउन पुनः नगरवासीलाई अनुरोध पनि गर्नुभयो ।
‘सरकार हुनुको महसुस हुने गरी काम गर्न कर्मचारी र जनप्रतिनिधिलाई भनेका छौं, जनताको मृत्यु टुलुटुलु हेर्ने होइन, यो जनता बँचाउने सरकार हो’ उहाँले भन्नुभयो ।
आत्मबल बढाउँन सकेमा रोगहरुबाट मुक्त हुन सकिने भन्दै नगर प्रमुख अधिकारीले नगरपालिकाबाट सबै व्यवस्था भएकाले ढुक्क हुन आग्रह गर्नुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


