सांसद मल्ललाई पितृ शोक, रहेनन् कांग्रेस महासमिति सदस्य गजिन्द्र ।

gajindra malla syangja

भवानी अधिकारी/स्याङ्जा :
नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य, पूर्व जिल्ला कोषाध्यक्ष एवं समाजसेवी गजिन्द्रप्रकाश मल्लको ७४ बर्षको उमेरमा निधन भएको छ । पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार दिउसो उहाको निधन भएको हो । निरंकुश शासन ब्यवस्था बिरुद्ध नागरिकका स्वतन्त्रताका पक्षमा आवाज उठाउदै प्रतिबन्धित अवस्थामा जेलनेल सजाए भोग्नु भएका मल्लमा पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्ला दुईबर्षदेखि उहा शारिरीक रुपमा अस्वस्थ  हुनुहुन्थ्यो । उहाले झण्डै डेढ बर्षअघि क्यान्सर जित्नु भएको थियो भने दुई हप्ता अघि प्रोष्टेट । तर, अहिले कोरोनालाई जित्न सक्नु भएन । स्वर्गिय मल्ल २ पटकसम्म  जिल्ला बिकास समितिको सदस्य हुनुभएको थियो । निर्माण ब्यवसायी संघका केन्द्रीय सदस्य, जिल्लाका संस्थापक अध्यक्ष लगायत बिभिन्न सामाजिक क्षेत्रमा समेत उहा सक्रिय हुनुहुन्थ्यो ।
उहाका गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल सहित ३ छोरा, श्रीमती र एक छोरी तथा दर्जन भन्दा बढी नाती नातिना हुनुहुन्छ । उहाको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले बताउनुभयो ।
चापाकोट नगरपालिका ५ निवासी उहा बिगत ३४/३५ बर्षदेखि पुतलीबजार नगरपालिका १ प्रगतीनगरमा बस्दै आउनुभएको छ ।

Facebook Comments Box
TOP