फिफा वरीयतामा नेपाल १७१ औं स्थानमा यथावत, दक्षिण एसियामा तेस्रो  

FIFA

जेष्ठ १३ :   बिहीबार सार्वजनिक गरेको विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल ९ सय ६७ दशमलव ८८ अंकसहित  गत महिनाकै १ सय ७१ औं स्थानमा यथावत रहेको हो ।

विश्वकप र एसिया कप छनोटका लागि तयारी गरिरहेको नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि हिजो बुधवार नै पुगिसकेको छ ।

यो खेलपछि विश्वकप छनोटमा खेल्न बाँकी जोर्डन, चाइनिज ताइपेइ र अष्ट्रेलियासँगको खेलमा नेपाललाई सहज हुने अनुमान गरिएको छ ।

फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा रहेको छ ।

दक्षिण एसियामा भारत पहिलो, माल्दिभ्स दोस्रो र नेपाल तेस्रो स्थानमा छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP