कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु, ८९ सय ६० संक्रमित थपिए
काठमाडौं : नेपालमा कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु भएको ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ४७४ पीसीआर र ७ सय७१ एन्टिजेन परीक्षणमा ८ हजार ९६० जनामा कोभिड संक्रमण देखिएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना निको भएसँगै देशभर कोभिड संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।
देशभर १ लाख ५ हजार २०७ जना आइसोलेसनमा रहँदा १३ सय ८१ जना आईसीयू र ३ सय ८० जना भेन्टिलेटरमा छन् ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


