थप ६९३९ संक्रमित, १०६ जनाको मृत्यु, ७२२६ संक्रमणमुक्त
काठमाण्डौं :
नेपालमा पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणमा थप ६९३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी २० हजार ४१४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । पीसीआर परीक्षणबाट ६७३१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, ७२२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ ।
त्यसै गरि पछिल्लो २४ घण्टामा देशभर थप १०६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारि गराएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ६९५१ पुगेको छ ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


