स्याङ्जामा कोरोना दोस्रो लहर : १८ जनाको मृत्यु, संक्रमितको संख्या ६ सय नाघ्यो
वालिङ:
कोरोना संक्रमणबाट स्याङ्जामा १८ जनाले ज्यान गुमाएका छन् । बैशाखको दोस्रो सातादेखी हाल सम्म जिल्लामा दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार १३ जना पुरुष र ५ जना महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । पहिलो कोरोना संक्रमणबाट २१ ज्यान गुमाएका थिए । स्याङ्जामा दोस्रो लहरको संक्रमण शुरु भएको एक महिनामै मृतकको संख्या बढ्नुले जिल्लावासीमा त्रासको वातावरण सिर्जना भएको छ ।
११ स्थानीयतह रहेको स्याङ्जामा सबै भन्दा बढी संक्रमणबाट वालिङ र गल्याङ् नगरपालिकामा निधन भएको छ । गल्याङ्मा संक्रमितको संख्या थोरै भएपनि मृत्यु हुनेको संख्या भने अन्य पालिकाको भन्दा बढी रहेको छ भने वालिङमा संक्रमितको संख्या अन्य पालिकाको भन्दा बढी रहेको छ । वालिङमा मात्रै संक्रमितको संख्या १ सय ९४ पुगेको छ । संक्रमितको संख्यामा वालिङ पछिको पुतलीबजार र चापाकोट नगरपालिका रहेका छन् । जिल्लामा हाल सम्म ६ सय २८ संक्रमित संख्या पुगेको छ । ति मध्ये १६ जनाले कोरोना संक्रमण जितेर निको भएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका निमित्त प्रमुख बिष्णु प्रसाद सुवेदीले जानकारी दिए । गतबर्षको भन्दा संक्रमणको दर यो पटक दोब्वर रुपले बढ्दै गएकाले सबैलाई सुरक्षित भएर घरमै बस्न जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । गतबर्ष ८ महिनामा करिव ९ सय संक्रमित भएको जिल्लामा यो पटक बैशाख महिनामै ६ सय २८ संक्रमितको संख्या पुग्नुले समुदायमा भयावह स्थिति हुन सक्ने आकल स्वास्थ्य विज्ञहरुको छ ।
जिल्लामा मृत्यु भएका मध्ये १६ जनाको पोखरा र २ जनाको जिल्लामै निधन भएको छ । जिल्लामै निधन भएका संक्रमितको शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
कुन पालिकाका कति संक्रमित :
११ पालिका मध्ये सबै भन्दा बढी संक्रमित वालिङ, पुतलीबजार र चापाकोटमा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार वालिङमा १ सय ९४, पुतलीबजारमा ८९ र चापाकोट ७८, भीरकोट नगरपालिकामा ५४ जनामा संक्रमण देखिएको छ । त्यसै गरी आँधीखोलामा १५, फेदिखोलामा ७, अर्जुनचौपारीमा १५, बिरुवामा १२, हरीनासमा ५, कालीगण्डकी गाँउपालिकामा २३ जनामा संक्रमण भएको छ । यसै गरी वालिङमा ९, पुतलीबजारमा ३, भीरकोट नगरपालिकामा १ र आँधीखोलामा १, फेदिखोला गाँउपालिकामा २ जना गरी १६ जना संक्रमणबाट निको भएका छन् । संक्रमण देखिएका अधिकांशलाई होम आइसोलेसनमा उपचार भइरहेको छ भने केहीलाई स्वास्थ्य संस्थामा उपचार भइरहेको स्वास्थ्यले जनाएको छ । जिल्लाका सबै पालिकामा अहिले संक्रमणले छोएको छ । सबै पालिकाले नागरिकको स्वास्थ्य सुरक्षका लागि विभिन्न माध्यमहरु अपनाएर काम गरिहेका छन् । साह्रै समस्या आएमा पालिकाले निमार्ण गरेका अक्सिजन सहितको आइसोलेसनमा उपचार गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…