एकैदिन ७२११ संक्रमित, २७ जनाको मृत्यु
काठमाडौं : नेपालमा एकैदिन अहिलेसम्मकै बढी ७ हजार २ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १६ हजार १ सय ४७ पीसीआर परीक्षणबाट ७ हजार १ सय ३७ जना तथा ६ सय २३ एन्टिजेन परीक्षणबाट ७४ जना गरी ७ हजार २ सय ११ जना संक्रमित थपिएका हुन् ।
थपिएकामा काठमाडौं उपत्यकामात्र ३५ सय ९५ जना हुन् ।
जसमा काठमाडौंका २७ सय ४४, ललितपुरका ५ सय ५० तथा भक्तपुरका ३ सय १ जना थपिएका हुन् ।
त्यस्तै रुपन्देहीका ४ सय ६६ जना, बाँकेका ४ सय ६ जना, मोरङका २ सय ४९ जना, कैलालीका २ सय ३२ जना, धनुषाका २ सय २८ जना, सुर्खेतका १ सय ७४ जना, मकवानपुरका १ सय ६९ जना रहेका छन् ।
थपिएकामा ९ वर्ष मुनिका बालबालिकामात्रै १ सय ६६ जना हुन् । त्यस्तै १० देखि १९ वर्षका ४ सय ५७ जना थपिएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ४८ हजार ७ सय ११ पुगेको छ ।
आइतबार थप २७ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय २५ पुगेका छन् ।
त्यसैगरी १६ सय १२ जना संक्रमणमुक्त भएका छन् । यो दर कुल संक्रमितको ८४ दशमलव ५१ प्रतिशत मात्रै हो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


