एकै दिन झन्डै १० हजार जना काेराेनामुक्त, ६ हजार ९ सय ५१ सङ्क्रमित थपिए
काठमाडौँ : २४ घण्टामा देशभर ६ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।
यस्तै, ९ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ पुगेको छ । क्वारेन्टाइनमा ८०९ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ९६ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


