थप ५० जनाको मृत्यु, ९ हजार १९६ जना संक्रमित
काठमाडौं : नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ९ हजार १ सय ९६ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९ सय ८७ पीसीआर परीक्षणबाट ९ हजार २३ तथा ४ सय ९५ एन्टिजेन परीक्षणबाट १ सय ७३ संक्रमित पुष्टि भएका हुन् ।
यसअघि हिजो ९ हजार ७० जना संक्रमित थपिँदा ५४ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ ।
थपिएका संक्रमितमा काठमाडौंका ३ हजार ८९ जना, रुपन्देहीका ७ सय ३० जना, ललितपुरका ६ सय ४३, कास्कीका ३ सय ९३ जना, भक्तपुरका ३ सय ७४ जना, दाङका ३ सय ६६ जना, चितवनका ३ सय ४३ जना, मोरङका २ सय ७३ जना, बाँकेका २ सय २२ जना र झापाका २ सय १६ जना रहेका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ रहेको छ ।
अहिलेसम्म ३ लाख ७७ हजार ६ सय ३ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जनामात्र संक्रमणमुक्त रहेका छन् ।
अहिलेसम्म २ लाख ९५ हजार ३ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।
निको हुने दर घटेर ७८ दशमलव २ प्रतिशतमा झरेको छ ।
मृतकको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


