पछिल्लो २४ घण्टामा ४४८७ संक्रमित, ११६ जनाको मृत्यु, ६०८० संक्रमणमुक्त
काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४८७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६ नमुनाहरुको परीक्षणमा ४ हजार ४८७ जनामा कोरोना पुष्टि तथा ११६ जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । यस्तै २४ घण्टामा ६ हजार ८० जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।
यस्तै थप ११६ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ ।नेपालमा सक्रिय संक्रिमतको संख्या भने १ लाख ११ हजार ५०९ पुगेको छ । पीसीआर परीक्षण भने ३० लाख ३१ हजार ३८३ भएको छ । क्वारेन्टाइनमा रहनेको संख्या जम्मा ८९१ छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


