थप ८८५० जनामा कोरोना‚ ८८ को मृत्यु‚ ४०२२ कोरोनामुक्त
काठमाडौं : नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभर गरिएको १८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ९४ हजार ६६७ पुगेको छ ।
त्यस्तै थप ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ , जसमध्ये ५२ जनाले गत २४ घण्टामा ज्यान गुमाएका छन् । योसँगै नेपालमा तीन हजार सात सय २० जनाले कोरोनाका कारण हालसम्म ज्यान गुमाएका छन् ।
त्यस्तै थप चार हजार २२ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालम तीन लाख दुई हजार सात सय ८७ जना संक्रमणमुक्त भएका छन् ।
हाल ८८ हजार १६० सक्रिय संक्रमित आइशोलेशनमा र ४१९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २६ लाख ३४ हजार ५०४ वटा पिसिआर गरिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


