थप ८८५० जनामा कोरोना‚ ८८ को मृत्यु‚ ४०२२ कोरोनामुक्त
काठमाडौं : नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभर गरिएको १८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ९४ हजार ६६७ पुगेको छ ।
त्यस्तै थप ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ , जसमध्ये ५२ जनाले गत २४ घण्टामा ज्यान गुमाएका छन् । योसँगै नेपालमा तीन हजार सात सय २० जनाले कोरोनाका कारण हालसम्म ज्यान गुमाएका छन् ।
त्यस्तै थप चार हजार २२ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालम तीन लाख दुई हजार सात सय ८७ जना संक्रमणमुक्त भएका छन् ।
हाल ८८ हजार १६० सक्रिय संक्रमित आइशोलेशनमा र ४१९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २६ लाख ३४ हजार ५०४ वटा पिसिआर गरिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


