वालिङ कोभिड कोषमा बेल्जियमबाट १ लाख सहयोग, समाजसेवी पाण्डेद्धारा चेक हस्तान्तरण
वालिङ :
वालिङ नगरपालिका वडा नं. ६ का कृष्ण प्रसाद पाण्डे र स्व. यज्ञकुमारी पाण्डेका छोरा हुमनाथ पाण्डे र पुरन प्रसाद खनाल तथा इन्दिरा खनालले बेल्जियमबाट वालिङ कोभिड राहत कोषलाई १ लाख सहयोग गर्नुभएको छ । बेल्जियम स्याङ्जा समाजका महासचिव हुमनाथ पाण्डेले आफ्ना दाजु नेत्रप्रसाद पाण्डे मार्फत ५० हजार र वालिङ ३ एलादीका जयलाल खनाल र भगवती खनालका छोरा बुहारी तथा वालिङ ६ का ओलटनारायण काफ्ले र मथुरा काफ्लेका छोरीज्वाँई पुरन प्रसाद खनाल र इन्दिरा खनालबाट समेत ५० हजार गरी १ लाखको चेक रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले नगरपालिकालाई हस्तान्तरण गर्नुभएको हो ।
समाजसेवी पाण्डेले आईतबार नगरप्रमुख दिलिपप्रताप खांणलाई उक्त चेक हस्तान्तरण गर्नुभएको छ । नगरउपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईसहितको सहभागितामा उहाँले प्रमुख खांणलाई चेक हन्तान्तरण गर्नुभएको हो । कोभिडको न्युनिकरण तथा रोकथामका लागी सहयोगी दाताहरुलाई प्रमुख खांणले आभार व्यक्त गर्नुभयो । कोभिडको महामहारीले मुलकलाई आक्रान्त पारिरहेका बेला यसको नियन्त्रण र न्युनिकरणका लागी हरेक सचेत नागरिकको भुमिका महत्वपुर्ण रहने समाजसेवी पाण्डेले बताउनुभयो । वालिङमा समेत संक्रमण दर बढिरहेका बेला संक्रमित विरामीको उपचारमा सहयोग पुगोस भनी सहयोगीदाताहरुले सहयोग गरेको उहाँले बताउनुभयो ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


