गण्डकीमा ८४२ जनामा कोरोना पुष्टि , १७ जनाको मृत्यु।
प्रदेश स्वास्थ्य निर्देशनालयको अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार ८३२ जनामा गरिएको नमुना परीक्षणमा थप ८४२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित मध्य कास्कीका १५६ जना, तनहुँका ६१ जना, गोरखाका २४० जना, लमजुङका ३७ जना, नवलपुरका ९७ जना र स्याङ्गजाका ६७ जना छन् ।
यस्तै, पर्वतका ३६ जना, बाग्लुङका ११० जना र म्याग्दी जिल्लाका ३८ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४२ हजार ५२४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ९५९ जना कोरोनामुक्त भएका छन् । यो संगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३१ हजार १९१ पुगेको छ।
साथै १७ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना, तनहुँका चार जना, लमजुङका एक जना, स्याङ्गजाका दुई जना, नवलपुरका तीन जना, बागलुङका दुई जना र म्याग्दीका एक जना छन् । यस सँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६७८ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


