स्याङ्जामा एकै दिन ६ जनाको मृत्यु, गण्डकीमा २३ जनाले ज्यान गुमाए ।
स्याङ्जामा एकै दिन छ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा जिल्लाका ६ सहित गण्डकीमा २३ जनाले ज्यान गुमाएका हुन् ।
गण्डकीका विभिन्न जिल्लाका पोखरामा उपचाररत १९ जनाको जनाकाृ मृत्यु भएको हो भने बाँकी ४ जनाको धौलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
योसँगै गण्डकीमा वैशाख महिनामा मात्र १ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म गण्डकीमा मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ ।
कोरोना संक्रमण सुरु भएयता गण्डकीमा एकै दिन यति धेरै मृत्यु भएको यो पहिलो पटक हो । यसअघि सबैभन्दा बढी १६ जनाको ज्यान गएको थियो । गण्डकी प्रदेशमा शुक्रबार ६ सय ८० संक्रमित थपिएका छन् ।
अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमणबाट कास्की जिल्ला प्रभावित छ । गण्डकीमा कुल सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५७ पुग्दा कास्कीमा मात्र ३ हजार ६ सय ३० छन् । कास्कीमा मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको छ ।

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


