गण्डकीमा थप १७३३ जनामा संक्रमण, ११८८ संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ७३३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका ३ हजार ३९९ जनामा गरिएको नमुना परीक्षणमा उक्त सङ्ख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४४५ जना, तनहुँका १७० जना, गोरखाका २१९ जना, लमजुङका ६५ जना, नवलपुरका १११ जना र स्याङ्जाका ९५ जना, पर्वतका ११९ जना, बाग्लुङका ४१६ जना र म्याग्दी जिल्लाका ९३ जना छन् ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३९ हजार ६८७ पुगेको छ । जसमा ११ हजार २६७ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १ हजार १८८ कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २७ हजार ८२६ पुगेको छ।
बिहीबार पनि गण्डकीमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । मृत्यु पुष्टि हुनेमा कास्कीका छ जना, तनहुँका एक जना, नवलपुरका तीन जना, स्याङ्जाका चार जना, पर्वतका दुई जना र म्याग्दीका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५९४ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
मुक्तिनाथ फाउन्डेसनले वाषिकोत्सवको अवसरमा वृहत रक्तदान तथा निशुल्क दन्त परीक्षण
-
गल्याङमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न ।
-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
६ दिन अगाडि
काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…