स्याङ्जाका दुई सहित गण्डकीमा थप १४ जनाको मृत्यु, ७७० जनामा संक्रमण
स्याङ्जा :
शनिवार पनि गण्डकीमा थप १४ जनाको मृत्यु पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका छ जना, स्याङ्जाका दुई जना, म्याग्दीका एक जना, तनहुँका एक जना, गोरखाका एक जना र पर्वत जिल्लाका तीन जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३५५ पुगेको निर्देशनालयले जनाएको छ।
यस्तै,गण्डकीमा थप ७७० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार गत २४ घण्टामा गण्डकीका १ हजार ३४२ जनाको नमुना परीक्षण गर्दा ७७० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६८ जना, तनहुँका ५८ जना, गोरखाका ४९ जना, र नवलपुरका १४७ जना छन्।
यस्तै, स्याङ्जाका २१ जना, पर्वतका १८ जना, बाग्लुङका ७९ जना र म्याग्दी जिल्लाका २३० जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २७ हजार ४०५ पुगेको छ, जसमा ७ हजार ७१५ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३०० जना कोरोनामुक्त भएका छन्। यो संगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ३३५ पुगेको छ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


