गण्डकीमा थप १९ को मृत्यु, एक हजार ५३ सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा यसको पुष्टि गरिएको छ। थपिएका १९ जनासँगै गण्डकीमा कोरोना संक्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या चार सय ९२ पुगेको छ।

मृत्यु भएकाहरूमा पर्वतका तीन जना, तनहुँका तीन जना, कास्कीका नौ जना, स्याङ्जाका दुई जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का दुई जना रहेका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा चार सय ९९ जना महिला र पाँच सय ५४ जना पुरुष गरी थप एक हजार ५३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या ३३ हजार एक सय १३ पुगेको छ।

थपिएका सङ्क्रमितमा म्याग्दीका एक सय सात जना, पर्वतका ६५ जना, गोरखाका ९८ जना, लमजुङका ३६ जना, तनहुँका ५४ जना, कास्कीका तीन सय ८३ जना, बागलुङका दुई सय चार जना, स्याङ्जाका ३२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ७४ जना रहेका छन्।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP