चापाकोटमा निशुल्क ऐण्टीजेन परिक्षण, कोरोनाको लक्षण देखिएमा नगरपालिकामा खवर गर्न अनुरोध

shiva giri

चापाकोट: चापाकोट नगरपालिकाले कोरोनाको एन्टिजेन परिक्षण निशुल्क गर्ने बताएको छ। नगरवासीलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

चापाकोटमा कोरोना संक्रमणवाट हाल सम्म पाँच जनाको मृत्यू भएको छ । नगरपालिका भित्र समुदाय स्तरमा कोरोना संक्रमण फैलिएका कारण हालसम्म १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जस मध्ये ७३ जना संक्रमण मुक्त भइसकेका छन् भने ६९ जना अहिले सक्रिय संक्रमित रहेका छन् ।

समुदाय स्तरमा संक्रमण फैलिएसंगै दैनिक जसो विरामीहरु नगरपालिकाको सम्पर्कमा आउन थालेका छन् । नगरपालिकाले संक्रमितको पहिचान र संक्रमण पुष्टी भएकालाई अलग गर्ने लक्षण सहितका विरामीलाई स्वास्थ्यकर्मीको नियमित निगरानीमा राखिएको छ ।

नगरपालिकाले कोरोना संक्रमणवाट अक्सिजनको लेवल घटेर गम्भीर विरामीलाई नगरपालिकाले व्यवस्था गरेको आइसोलेशनमा ल्याउन र यहाँ सम्भव नभएका विरामीलाई सुविधा सम्पन्न अस्पताल सम्म पुर्‍याउनका लागि दुईवटा एम्वुलेन्स मार्फत निशुल्क सेवा दिने व्यवस्था गरेको छ ।

नगरपालिकाले वडा नम्बर ८ स्थित आयुर्वेदिक अस्पतालमा १० वटा अक्सिजन सहितको वेडको व्यवस्था गरेको छ । नगर पालिकाले व्यवस्था गरेको आइसोलेशनमा विरामीलाई निशुल्क खानाको व्यवस्था गरिएको समेत नगर प्रमुख शिवकुमार गिरीले जानकारी दिएका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाका सम्पूर्ण युनिट परिचालन गरी संक्रमण नियन्त्रण र रोकथामका लागि प्रयास गरिरहेको छ । संक्रमित भई आइसोलेसनमा बस्दाको समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड लगायतका विषयमा सचेत गराइएको पालिकाले जनाएको छ । यसका अलवा संक्रमितलाई होम आइसोलेशनमा बस्दा खानुपर्ने औषधी, तथा अन्य आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्री समेत नगरपालिकाले व्यवस्था गरेको जनाएको छ ।

चापाकोट नगरपालिकाले यही जेठ १२ गते स्थानीय विपत व्यवस्थापनको वैठक बसी नगरपालिकाको विभिन्न वडामा समुदायस्तरमा संक्रमण फैलिएको र संक्रमणको गति वढ्दै जान थालेकोले नगरपालिका भित्रका बजार तथा अन्य सार्वजानिक स्थानहरुमा मानिसहरुको आवत जावतलाई थप कडाई गर्ने र तोकिएको समयमा मात्र तोकिएका पसल सन्चालन गर्न विज्ञप्ती प्रकाशित गरि नगरवासीमा आग्रह गरिएको छ ।

नगरपालिका भित्र सन्चालनमा रहेका बैक तथा वित्तिय संस्थाहरुलाई नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पुरा गरी २५ प्रतिशत मात्र कर्मचारीवाट सेवा प्रवाह गर्न गराउन समेत आग्रह गरिएको छ ।

नगरपालिकाले संक्रमणको दर वढदै गइरहेकोले नगरवासीलाई धैर्य रहन, स्वास्थ्य संगठन, नेपाल सरकार र स्थानीय तहले जारी गरेको सूचना अनुरुप संक्रमण रोग लाग्नवाट बच्ने उपायको पालना गर्न अनावश्यक हिडडुल नगर्न र नियमित सावुन पानीले हात धुने, मास्क तथा सेनीटाइजरको प्रयोगलाई निरन्तरता दिई कोरोना संक्रमणवाट बच्न र बचाउन नगरवासीलाई अपिल गरिएको जनाएको छ ।

Facebook Comments Box
TOP