च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई
शनिबार मध्यरातमा भएको च्याम्पियन्स लिगको फाइनल भिडन्तमा म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले उपाधि जितेको छ।
इंग्लिस महारथिहरु बिचको भिडन्तमा म्यानचेस्टर सिटीलाई १(० गोलले पराजित गर्दै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो। शनिबार
राति पोर्चुगलको पोर्टोमा भएको खेलमा ४२ मिनेटमा अग्रता लिएको चल्सीका लागि उक्त गोल नै जीत को लागि काफि रह्यो। मासन माउन्टले दिएको पासमा उत्कृष्ट फिनिसिङ गर्दै काइ हभार्ट्जले उक्त गोल गरेका थिए।
यसअघि चेल्सीले सन् २०१२ मा जर्मन क्लब वायर्न म्युनिर्ख हराएर पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। त्यतिबेला चेल्सीले पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो भने यस पटक निर्धारित ९० मिनेट भित्रै जित हासिल गरेको छ । चेल्सिको यो तेस्रो फाईनलमा दोस्रो उपाधि हो। सिटी भने पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेर उपाधि जितेको इतिहास बनाउने लक्ष्य पूरा गर्न सकेन। खेलको पहिलो हाफमा चेल्सीका डिफेन्डर थियागो सिल्भा घाइते भएका कारण मैदान छाड्न बाध्य भएका थिए भने दोस्रो हाफमा सिटीका प्लेमेकर केभिन डि ब्रुइन घाइते भए का थिय। सिटीले दोस्रो हाफमा पेनाल्टीको अपिल गरेको थियो। चेल्सीका रीस जेम्सको हातमा बलले लागेपछि सिटीले पेनाल्टी अपिल गरे पनि पनि पाएन।
खेलको ७३ मिनेटमा चेल्सीका पुलिसिकको प्रहार थोरैले बाहिरिएकाले चेल्सिले गोललाई दोब्बर बनाउने सुन्दर मौका खेर फालेको थियो।
दोस्रो हाफको इन्जुरी टाइमको सातौं मिनेटमा सिटीका रियाद महारेजले बराबरी गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन।
यो खेलको हारसँगै सिटीले चेल्सविरुद्ध खेलेका पछिल्ला तीनै खेलमा पराजित भोग्न बाध्य भयो। घरेलु लिगमा उपाधि सँगै सुखद अन्त्य गरेको उत्कृष्ट प्रशिक्षक पेप ग्वाडियोलाको सिटिको लागि महादेशिय लिगको अन्त्य सपना जस्तै रह्रयो ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


