प्रदेशहरुमा सबैभन्दा धेरै अनुदान प्रदेश–१ र कम गण्डकीलाई, कुन प्रदेशलाई कति
काठमाडौं : केन्द्र सरकारले प्रदेश सरकालाई पठाउने विभिन्न अनुदानहरुमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर–१ र सबैभन्दा कम गण्डकी प्रदेशले पाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०७८/०७९ बजेटबाट संघीय सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरणको माध्यमबाट प्रदेश सरकारहरुलाई कुल १ खर्ब ३ अर्ब ७० करोड २५ लाख अनुदान दिनेछ । जसमध्ये सबैभन्दा धेरै अनुदान प्रदेश–१ सरकारले १६ अर्ब २९ करोड ३६ लाख पाउने भएको हो । यस्तैं गण्डकी प्रदेश सरकाले १३ अर्ब २ करोड ९७ लाख अनुदान पाउने भएको छ ।
कर्णाली प्रदेश सरकारले १५ अर्ब ५५ करोड ६३ लाख र सुदूरपश्चिम प्रदेश सरकारले १४ अर्ब ५८ करोड २ लाख अनुदान पाउने भएको छ ।
प्रदेश सरकाहरुले पाउने अनुदानमध्ये समानीकरण अनुदान ५७ अर्ब ९५ करोड ४८ लाख रहेको छ । जसमा न्यूनतम अनुदान १४ करोड ४८ लाख ७ हजार, सूत्रमा आधारित अनुदान ४१ अर्ब २९ करोड २ लाख र कार्यसम्पादनमा आधारित अनुदान २ अर्ब १७ करोड ३३ लाख रहेको छ ।
सःशर्त अनुदानतर्फ प्रदेश सरकारले ३५ अर्ब ८७ करोड ३१ लाख पाउने भएका छन् । जसमध्ये चालुतर्फ १५ अर्ब ७१ करोड ३६ लाख र पुँजीगततर्फ २० अर्ब १५ करोड ९५ लाख रहेको छ ।
यस्तै, विशेष अनुदानतर्फ ४ अर्ब १४ करोड पाउने भएका छन् । जसमध्ये चालुतर्फ ५५ करोड ३३ लाख र पुँजीगततर्फ ३ अर्ब ५९ करोड ६७ लाख रहेको छ ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


