स्कुल अफ डेमोक्रेसी स्याङजाद्धारा ‘विपन्न बर्गका लागि निशुल्क एम्बुलेन्स सेवा’ सुरु
भवानी अधिकारी/स्याङजा :
स्कुल अफ डेमोक्रेसी स्याङजाले कोरोना संक्रमितका उपचारार्थ निशुल्क एम्बुलेन्स सेवा सोमबारदेखि संचालन सुरु गरेको छ । ‘विपन्न बर्गका लागि निशुल्क एम्बुलेन्स सेवा’ नामाकरणका साथ परोपकारी सेवा शुभारम्भ भएको हो ।
जिल्लाको मध्यभाग वालिङदेखि सेवा सुभारम्भको औपचारिक घोषणा गर्दे भीरकोट नगरप्रमुख छायाराम खनालले स्थानीय तहको जिम्मेवारीलाई स्कुल अफ डेमोक्रेसीले सहयोग गर्न गइरहेकोमा खुशी ब्यक्त गर्दै मानव सेवा भन्दा ठूलो पुण्य अन्य केही नभएको बताए । कोभिड संक्रमणले त्रास फैलिरहेका बेला डेमोक्रेसीले सहयोगका साथै एक चुनौतीपूर्ण कामको जिम्मेवारी समेत लिएकोमा पालिकाले आवश्यक अनुरुपको सहयोग गर्ने बताए।
कार्यक्रममा वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले महामारीका बेला संक्रमितलाई थप उपचारमा छिटो छरितो बनाउन उपचारका लागि आएका परोपकारी संस्था डेमोक्रेसीसंग हातेमालो गर्दे बिरामीका उपचारमा जुट्नेमा जोड दिए।
जिल्लाका ११ वटै पालिकालाई लक्षित गर्दै सेवा उपलब्ध गराउने गरी सेवा संचालनमा ल्याएको र आवश्यकता परेमा एम्बुलेन्स सेवा थप गर्न पनि स्कुल अफ डेमोक्रेसी तयार रहेको संस्थाका अध्यक्ष ईन्जिनियर. अनुप श्रेष्ठ बताउछन् ।
डेमोक्रेसीका जिल्ला अध्यक्ष इ अनुप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमकोे संचालन डेमोक्रेसीका उपाध्यक्ष सागर कुँवरले गरेका थिए।
जिल्लाका ११ वटै पालिकामा गठित डेमोक्रेसीका पालिका संयोजकले बिरामी तथा उहाका परिवारसँंग समन्वयगरी स्थानीय पालिकाका अस्पताल र पोखरासम्म पुर्याउनेगरी ब्यवस्था मिलाएकोे छ ।
अभियानका लागि लागि पोखरा महानगरपालिका पृथ्वीचोकस्थित होटल तिरुपतिका संचालक प्रल्हादजंग मरासीनीले अभियान अवधिभर निशुल्क एम्बुलेन्स गाडी उपलब्ध गराएका छन् । पुतलीबजार नगरपालिका ३ निवासी मरासीनी डेमोक्रेसीका नगर संयोजक पनि हुन ।
यसैगरी, पुतलीबजार नगरपालिका २ देवीस्थान निवासी भुवन कुवँरले सामाजिक सेवाका लागि भन्दै संक्रमितका सहयोगार्थ एम्बुलेन्स चलाउने जिम्मेवारी लिएको बताए।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…