दोश्रो चरणको परियोजना भीरकोटमा सुरु
भवानी अधिकारी/स्याङजा
जिल्ला रेडक्रस सोसाइटी स्याङजा शाखाले अन्र्तराट्रिय युवा समन्वय परियोजना सम्बन्धी दोश्रो चरणको कार्यक्रम संचालन गर्ने बारे सरोकारवालाबीच अन्र्तक्रिया गरेको छ ।
अन्र्तक्रियामा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख गुरुप्रसाद पौडैल, स्थानीय विकास अधिकारी ऋषि आचार्य, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष कमल पौडेल लगायतले सचेतनासंग संगै विकास निर्माणका कार्य गर्नुपर्ने बताउदै गाउमा यस्ता कार्यक्रमको प्रभावकारिताका बारेमा सुझाव दिनुभएको थियो ।
रेडक्रस सोसाइटी स्याङजा शाखाका उपसभापति लक्ष्मीकान्त रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री दिनेश अर्यालले स्वागत एवं परियोजना प्रमुख घनश्याम पौडेलले संचालन गर्नुभएको थियो । जापानीज रेडक्रसको सहयोगमा संचालित परियोजना भीरकोट नगरपालिकाका ५,६,७,८,९ गरी ५ वटा वडामा खानेपानी, शौचालय निर्माण लगायत सचेतना कार्यक्रममा सहयोग गरिने भएको हो ।
सन् २०२२ सम्म संचालित परियोजना भीरकोटका २७ वटा बिद्यालय र समुदायमा पुग्ने लक्ष्य छ । यसअघि, विरुवा गाउँपालिकामा पहिलो चरणको परियोजना सम्पन्न भैसकेको जुुनियर तथा युवा रेडक्रस समिति संयोजक पशुपति शर्माले जानकारी दिए ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


