वालिङमा बृहत लोक नृत्य कार्यशाला शुरु ।

वालिङ :
वालिङमा बृहत लोक नृत्य कार्यशाला शुरु भएको छ । क्लासिक साउण्ड एण्ड मिडिया सर्भिस प्रालिको आयोजनामा कार्यशाला शुरु भएको हो ।
बिभिन्न दश बिद्यालयका २२ जना बिद्यार्थीहरुको सहभागिता रहेको संस्थाका प्रवन्ध निर्देशक देबराज गैह्रेले जानकारी दिनुभयो ।
कार्यशालाको शुभारम्भ गर्दै नेकपा एमालेका नगरकमिटि अध्यक्ष राजेन्द्र डुम्रेले संगीतले मानिसमा नैरास्यता कम गर्ने र दीर्घजीवि बनाउन महत्वपूर्ण सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, लोकनृत्यको संरक्षण र प्रवद्र्धनमा सबैको ध्यान जान जरुरी छ । नेकपा माओवादी केन्द्रका नगरकमिटिका संयोजक रमेश अर्याल,लक्ष्मी माविका प्रधानाध्यापक गोपाल गैह्रे, आँधीखोला बहुप्राबिधिक शिक्षालयका प्रमुख नविन गैह्रे, मुख्य प्रशिक्षक अनु रजक लगायतले बोलेका थिए ।
कार्यक्रम संस्थाका प्रवन्ध निर्देशक देवराज गैह्रेको अध्यक्षता र राधाकृष्ण डुम्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।
.



समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…