वालिङमा बृहत लोक नृत्य कार्यशाला शुरु ।
वालिङ :
वालिङमा बृहत लोक नृत्य कार्यशाला शुरु भएको छ । क्लासिक साउण्ड एण्ड मिडिया सर्भिस प्रालिको आयोजनामा कार्यशाला शुरु भएको हो ।
बिभिन्न दश बिद्यालयका २२ जना बिद्यार्थीहरुको सहभागिता रहेको संस्थाका प्रवन्ध निर्देशक देबराज गैह्रेले जानकारी दिनुभयो ।
कार्यशालाको शुभारम्भ गर्दै नेकपा एमालेका नगरकमिटि अध्यक्ष राजेन्द्र डुम्रेले संगीतले मानिसमा नैरास्यता कम गर्ने र दीर्घजीवि बनाउन महत्वपूर्ण सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, लोकनृत्यको संरक्षण र प्रवद्र्धनमा सबैको ध्यान जान जरुरी छ । नेकपा माओवादी केन्द्रका नगरकमिटिका संयोजक रमेश अर्याल,लक्ष्मी माविका प्रधानाध्यापक गोपाल गैह्रे, आँधीखोला बहुप्राबिधिक शिक्षालयका प्रमुख नविन गैह्रे, मुख्य प्रशिक्षक अनु रजक लगायतले बोलेका थिए ।
कार्यक्रम संस्थाका प्रवन्ध निर्देशक देवराज गैह्रेको अध्यक्षता र राधाकृष्ण डुम्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।
.



समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


