स्याङ्जामा करेन्ट लागेर एकको मृत्यु

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क २९ चैत्र २०७७, आईतवार १५:५१

स्याङ्जा :

स्याङ्जाको भिरकोट नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

भिरकोट नगरपालिका वडा नं ७ हेलुस्थित आँधीखोलामा माछा मार्ने क्रममा सोही नगरपालिका वडा नं ७ लामाचौर बस्ने ३४ वर्षीय बिवेक खाँणको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खाँणले आँधीखोलामा मेनलाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेको र उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments Box
यो पनि पड्नुहोस..  पुतलीबजार नगरपालिकामा पनि मनाईयो संविधान दिवस ।

ताजा अपडेट

धेरै कमेन्ट गरिएका