किन १५ तारिखमै काटिन्छ पोस्टपेडको ब्यालेन्स ?
काठमाडौं : आफूलाई जानकारी नै नदिई गत बुधबार राति एकाएक पोस्टपेडको ब्यालेन्स काटिएपछि सामाजिक सञ्जालमा नेपाल टेलिकमका प्रयोगकर्ताले गुनासो पोखे । टेलिकमका पोष्टपेड प्रयोगकर्ताले गर्ने यो गुनासो पहिलो पटक सुनिएको भने होइन ।
तर किन सधैं यस्तो भइरहन्छ ?
नेपाल टेलिकमले हरेक १५ तारिखमा पोस्टपेडको बिलिङ गर्छ । अर्थात् सोही दिन पोस्टपेड प्रयोगकर्ताको महिनाभरको खर्च निकालिन्छ ।
पोस्टपेड प्रयोगकर्ताका लागि हरेक महिना न्यूनतम ब्यालेन्स तोकिएको हुन्छ, जसलाई रेन्टल भनिन्छ । टेलिकमका प्रयोगकर्ताका लागि दुई वटा रेन्टल सुविधा छन् ।
एउटा मासिक तीन सय र अर्को नौ सय रुपैयाँको । आफूले गर्ने खर्च अनुसार यस्तो रेन्टल छनोट गर्न सकिन्छ । पोस्टपेड प्रयोगकर्ताले सोही रेन्टल ब्यालेन्सबाट पोस्टपेड प्याकसहित फोन, एसएमएस तथा डेटा प्रयोग गर्न सक्छन् ।
यसबाहेक अन्य प्याक खरिद गर्नुपरे थप चार्ज लाग्छ । यसरी पोस्टपेड प्रयोगकर्ताले महिनाभर गरेको खर्चको हिसाब भने अर्को महिना तिर्नुपर्ने हुन्छ । जसको हिसाब १५ तारिखमा निस्किन्छ ।
हिसाब हुँदाको दिन अघिल्लो महिना रेन्टल ब्यालेन्ससहित प्रयोग भएको थप चार्जबापतको पैसा पोस्टपेडमा बाँकी रहेको ब्यालेन्सबाट वा त्यसपछि रिचार्ज गरिसकेपछिको ब्यालेन्सबाट काटिन्छ । ब्यालेन्स नै नभएको अवस्थामा कल बार हुन्छ ।
ब्यालेन्स भएका प्रयोगकर्ताबाट १५ तारिख राति टेलिकमले ब्यालेन्स काट्छ भने नभएकाको हकमा रिचार्ज गरेपछि । पोस्टपेड प्रयोगबापत न्युनतम रेन्टल तिर्नुपर्ने भएकोले सो रकमसमेत जोडिँदा एकैपटक ब्यालेन्स धेरै काटिएको देखिन्छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


