सहकारीलाई बिउबिजन बाँडेर मनाईयो वालिङमा सहकारी दिवस ।
वालिङ :
वालिङमा सहकारीलाई बिउबिजन बाँडेर राष्ट्रिय सहकारी दिवश मनाईएको छ । नगरभित्र क्रियाशिल रहेका अदुवा,बेसार तथा मसलाजन्य सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको हो । ६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ का अवसरमा सामुहिक खेतीका लागि सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत बिभिन्न ३० वटा सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको हो ।
.

वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण,प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, दियालो संस्थाका अध्यक्ष कविता तिवारी, कृषि शाखा प्रमुख सुभास अर्याल लगायतले सहकारीमा आवद्ध सदस्यहरुलाई अदुवाको बिउ बितरण गर्नु भएको हो ।
सहकारीको माध्यमबाट सामुहिक खेती मार्फत नागरिकलाई आर्थिक उपार्जन तर्फ अगाडि बढाउने कार्य अन्तरगत सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।
.



समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


