काँग्रेसद्वारा किसुनजीको भिडियो सार्वजनिक : मैले अब ल्याउँछु, त्यही मेलम्चीको पानी……
काठमाडौँ : नेपाली काँग्रेसले तल्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउनेबारे बोलेको भिडियो सार्वजनिक गरेको छ । पार्टी सूचना सञ्चार तथा प्रचार विभागले २०४८ सालमा निर्वाचन हुने बेलामा प्रधानमन्त्री रहेका भट्टराईले मेलम्चीको पानी काठमाडौँ ल्याउने सम्बन्धमा बोलेको क्लिपसहित भिडियो सार्वजनिक गरेको हो ।
भिडियोमा भट्टराईले ‘मैले अब ल्याउँछु, त्यही मेलम्चीको पानी’ भन्ने क्लिप राखिएको छ । भिडियोमा अरु आवाज भने विभाग प्रमुख तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको छ ।
‘किसुनजीले भन्दा त्यसबेला काठमाडौँबासीले पत्याएकै थिएनन् । तर, त्यो दिन आइपुग्यो,’ शर्माले भिडियोमा भनेका छन् । पार्टीले यो सुखद् क्षणमा काँग्रेस नेतृत्वको सरकारले गरेको त्यो निर्णय र किसुनजीलाई स्मरण गर्ने शर्माले भनाइ छ ।
साथै आयोजना निर्माणमा आर्थिक र भौतिक सहयोग गर्ने विदेशी, उत्कृष्ट डिजाइन गर्ने सक्षम इञ्जिनियर, आयोजनाको प्रगतिमा ईट्टा थप्ने पछिल्ला सरकार र सिन्धुपाल्चोकबासी प्रति काँग्रेसले आभार प्रकट गरेको छ ।
आयोजना निर्माणका क्रममा दिवंगत भएका इञ्जिनियर र श्रमिकहरूप्रति काँग्रेसले श्रद्धाञ्जली प्रकट गरेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


