सर्वोच्चको आदेश विपरीत क्रिश्चियनको शव गाड्ने पक्की चिहान
सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ । सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घले चैत २६ मा श्लेषमान्तक वन निरीक्षण गर्दा इसाइ धर्मावलम्बीद्वारा निर्माण गरिएका नयाँ पक्की चिहान फेला परेको महासचिव जोशीले बताए । यसबारे सरोकार भएका निकायको ध्यानाकर्षण गराइएको महासङ्घले जनाएको छ ।
सर्वोच्च अदालतको आदेश, पशुपति क्षेत्र विकास कोष ऐन २०४४ तथा नेपालको संविधानको उल्लङ्घन भइरहँदा पशुपति क्षेत्र विकास कोषलाई त्यस्ता गतिविधिहरूबारे जानकारी छ कि छैन भनी महासचिव जोशीले प्रश्न गर्नुभएको छ ।
श्लेषमान्तक वनको संरक्षण, संवद्र्धन तथा सरसफाइ पनि हुन नसकेको निरीक्षणका क्रममा देखिएको उहाँले सुनाउनुभयो । वनमा खुलेआम दिसापिसाब, अनैतिक क्रियाकलाप, प्लाष्टिकजन्य फोहर, बेवारिसे शव, रक्सीका बोतल फेला परेका छन् । पशुपतिनाथ जस्तो धार्मिक स्थल सबै प्रकारले सुरक्षित, मर्यादित र सफासुग्घर हुनुर्ने महासङ्घको माग छ । कोषले पनि यस विषयमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।राताेपाटीबाट
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


