गण्डकी प्रदेशमा ७ गते सार्वजनिक विदा

sarbajanik bida

पोखरा : गण्डकी प्रदेश सरकारले बैशाखको ७ गते चैते दशैंको अवसरमा सार्वजनिक विदा दिने भएको छ । विगतका वर्षहरुमा चैते दशैंको सार्वजनिक विदा कटौटी गरेको प्रदेश सरकारले यसपटक भने सार्वजनिक विदा दिने भएको हो ।

गत चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा सूचना प्रकाशित गरेको हो ।
राजपत्र अनुसार ०७८ सालमा चैते दशैँसहित ईद, तमुल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय गरिएको हो ।
प्रदेश सरकारलाई वर्षमा बढीमा ७ दिन बिदा दिने अधिकार दिइएको छ ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP