गण्डकी प्रदेशसभा : सांसद्को पीसीआर परीक्षणपछि संसद् सुचारू हुने, पाेजेटिभले पनि मतदान गर्न पाउने

gandaki pradesh sawa

पोखरा  : सांसद्को पीसीआर परीक्षणको माग गर्दै अवरुद्ध गण्डकी प्रदेशसभाको बैठक सवै सांसद्को परीक्षणपछि सुचालु गर्ने सहमति भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै सांसद्को मंगलबारनै स्वाब संकलन गरी परीक्षण गरिने सहमति जुटेको हो । परीक्षणपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधबार हुने मतदानमा भाग लिन पाउने भए पनि बोल्न भने दिइने छैन । संसद् बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

कोरोना महामारीको बेलामा सांसद्को पीसीआर परीक्षण नगरी बैठक चलाउन नपाइने भन्दै सत्तारुढ नेकपा एमालेले आजका लागि बोलाइएको बैठक अवरुद्ध गरेका थिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे बुधबार मतदान हुँदैछ ।

Facebook Comments Box
TOP