गण्डकीका थप ८६ जनामा कोरोना पुष्टि
स्याङ्जा : गण्डकीमा ३६१ जनाको नमुना परीक्षण गर्दा शुक्रबार ८६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका ७ जिल्लाका ८६ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
जस अन्तर्गत कास्कीमा ६४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै तनहुँका ६ जना, गोरखाका ५ जना, स्याङ्जाका ४ जना, पर्वतका २ जना, बाग्लुङका ३ जना र म्याग्दी जिल्लाका २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ५ सय ७४ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या ७७३ छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५ सय ९० पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २११ जनाले ज्यान गुमाइसकेका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


