पत्रकार महासंघ स्याङ्जाका नवनिर्वािचत समितिद्वारा सपथ तथा पदस्थापना
स्याङ्जा :
हालै सम्पन्न नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको पाचौ अधिवेशनवाट निर्वाचित सदस्यले सपथ तथा पदस्थापना गरेका छन् । गत २५ गते सम्पन्न निर्वाचनमा निर्वाचित जिल्ला कार्य समितिका सदस्यलाई निर्वाचन अधिकृत तुलसी गिरीले सपथ गराउनुभएकोे थियो । सपथ तथा पदस्थापन कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकले संघीय ब्यवस्थाको कार्यान्वयन गरिरहेका बेला पत्रकार जगतले संघीयताको अनुभूत गर्न नपाएको बताउनुभयो । उहाले भन्नुभयो ‘प्रेस कार्डदेखि अन्य सेवाका लागि पत्रकारले अझै केन्दकै भर पर्नुपरेको छ ।’ मोफसलमा रहेर पत्रकारिता गर्नेहरुका पीडा र मार्का आफुले बुझेको बताउदै अध्यक्ष पोखरेलले ती समस्या समाधानका लागि सहयोग गर्ने बताउनुभयो । पत्रकारका लागि स्वास्थ्य बिमा, ब्यवसायिक पत्रकारिता, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका पक्षमा आफना योजना रहेको अध्यक्ष पोखरेलको भनाई छ।
प्रेस संकुचन गर्ने गतिबिधी बिरुद्धका आवाज वुलन्द गराउदै पत्रकारिताको विकासका लागि केन्द्रदेखि मोफसलका पत्रकारसंससंगै अघि बढ्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय पूर्व उपाध्यक्ष गंगााधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्धय छवीलाल तिवारी र सरिता तिमिल्सिना, नेपाली कांग्रेसका कार्यवाहक सभापति वुद्धिबहादुर राना कुमार, नेकपा एमाले माधव नेपाल समूहका नेता राजेन्द्रप्रसाद मरासीनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष भूमिजंग केसी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दिपक लम्साल, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज सुवेदी लगायतले पत्रकार र पेशागत दायित्वका बारेमा सुझाव सहित निष्पक्ष पत्रकारिताका आवश्यकताका बारेमा जोड दिनुभएको थियो । पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भवानी अधिकारीले स्वागत, पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश सदस्य प्रकाश डोटेलले धन्यवाद एवं सहसचिव तोलाकान्त बगालेले संचालन गर्नुभएको थियो । यसैगरी, सोही कार्यक्रममा अध्यक्ष शर्माले नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण सिग्देललाई माइन्यूट हस्तान्तर गर्नु भएको थियो ।
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…