वालिङका ३० जना सहित, स्याङ्जामा एकै दिन थपिए ४१ संक्रमित

स्याङ्जा : वालिङका ३० जना सहित स्याङ्जामा एकै दिन ४१ जनामा संक्रमण पुष्टी भएकाे छ । वालिङ नगरपालिकाका ३० जना, पुतलीबजार नगरपालिका र आधीँखोला गाउँपालिकाका ४/४ जना, चापाकोट नगरपालिका २ जना, गल्याङ नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
वालिङमा बुधवार एकैदिन ३० जना संक्रमित भएका वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयाे। उहाँका अनुसार वालिङका संक्रमित हुने अधिकांश व्यक्तिहरु भारतबाट फर्किएका हुन् ।
स्याङ्जामा अहिलेसम्म ९ सय १९ जनामा कोराना संक्रमण भएकाे छ । जस मध्ये ८ सय २५ जना निको भइसकेकाछन् । जिल्लामा ७६ जना संक्रिय संक्रमित छन्र भने अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…