गण्डकीमा थप ३०८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु
स्याङ्जा : पछिल्लो २४ घण्टामा गण्डकीमा थप ३०८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १०१८ जनामा गरिको परीक्षणमा थप ३०८ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जस अन्तर्गत कास्कीका १७३ जना, तनहुँका ७ जना, गोरखाका ४६ जना, नवलपुरका ७ जनामा कोरोना पुष्टि भएको छ । पर्वतका ५ जना, बाग्लुङका १७ जना, म्याग्दीका ११ जना र मुस्ताङ जिल्लाका १ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस्तै स्याङ्जाका ६३ जनाको परीक्षण गर्दा ४१ जनामा काेराेना देखिएकाे छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १८ हजार २५९ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या बढेर १२८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।
मृतक बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका -११ निवासी ६१ वर्षीया महिला र गोरखा जिल्ला गोरखा नगरपालिका -१४ निवासी ५५ वर्षीय संक्रमित पुरुष रहेका छन् । थपिएका मृतकसंगै गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या २१९ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


