भालुपहाडमा फहराईयोे राष्ट्रिय झण्डा

Flag

भवानी अधिकारी/स्याङ्जा :
पुतलीबजार नगरपालिका वडा नं. ४ स्थित पर्यटकीय क्षेत्र भालु पहाडमा ब्यवस्थित तरिकाले नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।
स्याङ्जाको पर्यटकीय तथा रमणीय स्थलमा बाँस र काठका लौरामा अब्यवस्थित तरिकाले राखिएको राष्ट्रिय झण्डा भन्दै सामाजिक संजालमा बिभिन्न खालका टिकाटिप्पणी प्रकाशित भएपछि सांसद भागवतप्रकाश मल्लले नेपालको राष्ट्रिय झण्डा राख्ने ब्यवस्था मिलाउनुभएको हो ।


सांसद मल्लको आर्थिक सहयोगमा नेपाल बिद्यार्थी संघ क्षेत्रीय समितिले पहाडको घुम्ति माथिको अग्लो भागमा मंगलबार झण्डा राखेको छ । स्याङ्जाको पहिचान बोकेको स्थलमा झण्डा राखेर आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्ने उदेश्यले उचित ब्यवस्थापन सहित नयाँ झण्डा राखिएको गण्डकी प्रदेशसभा सदस्य सदस्य मल्लले जानकारी दिनुभयो ।
कार्यक्रममा क्षेत्र नं. १ का क्षेत्रीय सभापति बिज्ञान भण्डारी, त्रिभुवन बहुमुखी क्याम्पस स्ववियू सभापति सुनिलबाबु चापागाई, नगर सभापति सबिन रेग्मी, बिद्यार्थी नेताहरु मौसम गुरुङ र गोपी सुवेदी लगायतले रमणीय स्थल भालु पहाडको उच्च स्थलमा राखिएको राष्ट्रिय झण्डाले त्यसक्षेत्रको शोैन्दर्यता र गरिमा बढाउनेमा जोड दिनुभयो ।

 

Facebook Comments Box
TOP