पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा नारायण शर्मा निर्वाचित
पाेखरा : नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा नारायणप्रसाद शर्मा निर्वाचित भएका छन् ।
अन्तिम मत गणनामा शर्माले अध्यक्षका प्रत्यासी प्रेस चौतारीका दीपेन्द्र श्रेष्ठलाई १२४ मत अन्तरले पराजित गरेका हुन् ।
निर्वाचनमा युनियन गठबन्धनले पदाधिकारीसहित सदस्यमा वर्चश्व कायम गरेको छ ।
शर्माले प्रदेशका कुल ११ जिल्लामा गरी कुल ५३८ मत प्राप्त गर्दा अत्यक्षका प्रत्यासी श्रेष्ठले ४१४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिएका छन् ।
महासंघ प्रदेशमा निर्वाचित शर्मा यसअघि उपाध्यक्ष थिए भने पराजित श्रेष्ठ पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष हुन् ।
यस्तै उपाध्यक्षमा दीपक भट्टराई, महिला उपाध्यक्षमा सोनी शर्मा, महासचिवमा गोविन्दप्रसाद सुवेदी, खुला सचिवमा यदुनाथ बञ्जारा, समावेशी सचिवमा सुशीलबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र न्यौपाने विजयी भए ।
यस्तै खुला सात सदस्यमा प्रदीप पौडेल, सुनिल पाण्डे, ताराप्रसाद शर्मा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, लोकेन्द्रबहादुर सुनार, र रमेश बस्ताकोटी निर्वाचित भए । महिला सदस्यमा रञ्जिता शर्मा, राधिका शर्मा कँडेल र रोशन गुरुङ विजयी भए ।
दलित सदस्यमा सानेबहादुर नेपाली (कोइराला), आदिवासी जनजाति सदस्यमा रुद्रबहादुर थापा र रामजी राना, अल्पसंख्यक सदस्यमा पदम छन्त्याल निर्वाचित भए । प्रदेशमा २१ सदस्यीय कार्यसमितिको लागि एकैपटक निर्वाचन भएको हो ।
समाचार
थप सामाग्री
सरकारले निजि मिडियाप्रती गरेको निर्णय खेदजनक
३ हप्ता अगाडि
आरती कुँवर/वालिङ : नेपाल प्रेस युनियन स्याङ्जाको आयोजनामा सरकारी विज्ञापन रोकिँदा निजी मिडियामा पर्ने असरका बारेमा शनिबार वालिङ नगरपालिकाको सभाहलमा…


