एक पालिका एक कोल्ड रुमको अभियानमा सरकार : मन्त्री अर्याल ।
स्याङजा : कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले सरकार उत्पादनको आधारमा एक पालिका एक कोल्ड निर्माण गर्ने तयारीमा रहेको बताउनुभएको छ । शुक्रबार नमुना साना किसान कृषि सहकारी सस्थाले गरेको अदुवा पैचो कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उत्पादनको आधारमा प्रत्येक पालिकामा कोल्ड रुम निर्माण गर्ने सरकारको योजना रहेको बताउनु भएको हो ।
सरकारले कृषि क्षेत्रमा फड्को मार्न विभिन्न किसिमको कृषि लक्षितकार्यक्रम ल्याएकोले सामुहिक रुपमा कृषि क्षेत्रमा लाग्न कृषकलाइ मन्त्री अर्यालले आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा बेल्दै मन्त्री अर्यालले उद्यमी बन्न चाहाने जोकोहीलाई पनि सरकारले प्राविधिक सहयोग देखि अन्य अनुदानका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको भन्दै व्यावसायिक खेति प्रणालीमा लाग्नुपर्ने उहाँको भनाइ थियो । विभिन्न स्थानहरुमा संकलन केन्द्र स्थापना गरी कृषकका कृषि उपजको बजारीकरणका लागी सरकारले समन्वय गर्ने बताउदै पायक पर्ने स्थानमा संकलन केन्द्रको स्थापना र एक पालिका एक कोल्ड रुपको स्थापनाले कृषि उपजको बजारीकरणका लागी समस्या हट्ने मन्त्री अर्यालको भनाइ थियो ।
.

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सुरक्षित जनता आवास कार्यक्रम अन्तर्गत खरका छाना विस्थापित कार्यक्रमले जनता खुसी भएको बताउदै आगामी आर्थिक वर्षभित्र सबै नागरिकलाइ टिनको छाना मुनी ल्याउने सरकारको लक्ष्य रहेको मन्त्री अर्यालको भनाइ छ । सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिनका लागी जनता लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको भन्दै मन्त्री अर्यालले नागरिकका आधारभुत आवश्यता परिपुर्तिका लागी सरकार भरपुर प्रयासरत रहेको बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


