वालिङ नगरपालिकालाई नेपाली काग्रेसको सम्मान तथा बधाई ।
वालिङ :
नेपाली काग्रेससले वालिङ नगरपालिकालाइ सम्मान तथा बधाई व्यक्त गरेको छ । नेपाली काग्रेस नगरसमिति, प्रदेश सभा समिति क्षेत्र नं. २ को १, क्षेत्रिय समिति संघिय क्षेत्र नं. २ र जिल्ला कार्यसमितिले नगरपालिकालाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको हो । देशमै उत्कृष्ठ नगरपालिका बन्न सफल भएको भन्दै सरोकारवाला सम्पुर्णलाई हार्दिक आभार प्रकट गर्दै पार्टील नगरपालिकाका नगरप्रमुख सहित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
शहरी योजना, वातावरण, विपत जोखिम व्यवस्था र उत्थानशिलता क्षेत्रमा नेपालकै सर्वोकृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत भएको भन्दै कागे्रसले सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा कागे्रसका केन्द्रिय सदस्य तथा संगठन विभाग प्रमुख एवं पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले वालिङ नगरपालिका देशभरीकै उत्कृष्ठ हुनु समग्र जिल्लाकै गौरव र पहिचानको विषय भएको भन्दै अझै जनमैत्रि कार्य गर्न आग्रह गर्नुभयो ।
.
विकास निर्माणका सवालमा वालिङ निकै अगाडि रहेको भन्दै वालिङ नगरपालिकाका जनप्रतिनिधि सफल भएको भन्दै यसले नगरबासी तथा मतदाताको गरिमा बढेको समेत श्रेष्ठले बताउनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य मोहनप्रसाद पाण्डे, जिल्ला कार्यबहाक सभापति बुद्धिबहादुर राना कुमार, पुर्व सांसद शंकरप्रसाद पाण्डे, संविधान सभा सदस्य राजु थापा, भीरकोट नगरप्रमुख छायाराम खनाल, नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वति अर्यालतिवारी, वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांण, उपप्रमुख कल्पना तिवारीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा वालिङ नगरप्रमुख खांणले पार्टीले जिम्मेवारी दिएर पठाएको जनप्रतिनिधिले जनमैत्रि काम गर्न सकेको भन्दै यो सम्मानले अझ अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो । प्रदेश सभा २ कका सभापति अर्जुनप्रकाश अर्यालको स्वागतसंगै शुरु भएको कार्यक्रम वालिङ नगर कार्यबहाकस सभापति भिमलाल सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नगरसचिव भुपराज बगाले र धन्यवाद प्रदेश सभाका उम्मेद्धार विष्णु पौडेलले गर्नुभएको थियो ।
.
समाचार
थप सामाग्री-
मुक्तिनाथ फाउन्डेसनले वाषिकोत्सवको अवसरमा वृहत रक्तदान तथा निशुल्क दन्त परीक्षण
-
गल्याङमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न ।
-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
६ दिन अगाडि
काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…