पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा नारायण शर्मा निर्वाचित
पाेखरा : नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा नारायणप्रसाद शर्मा निर्वाचित भएका छन् ।
अन्तिम मत गणनामा शर्माले अध्यक्षका प्रत्यासी प्रेस चौतारीका दीपेन्द्र श्रेष्ठलाई १२४ मत अन्तरले पराजित गरेका हुन् ।
निर्वाचनमा युनियन गठबन्धनले पदाधिकारीसहित सदस्यमा वर्चश्व कायम गरेको छ ।
शर्माले प्रदेशका कुल ११ जिल्लामा गरी कुल ५३८ मत प्राप्त गर्दा अत्यक्षका प्रत्यासी श्रेष्ठले ४१४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिएका छन् ।
महासंघ प्रदेशमा निर्वाचित शर्मा यसअघि उपाध्यक्ष थिए भने पराजित श्रेष्ठ पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष हुन् ।
यस्तै उपाध्यक्षमा दीपक भट्टराई, महिला उपाध्यक्षमा सोनी शर्मा, महासचिवमा गोविन्दप्रसाद सुवेदी, खुला सचिवमा यदुनाथ बञ्जारा, समावेशी सचिवमा सुशीलबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र न्यौपाने विजयी भए ।
यस्तै खुला सात सदस्यमा प्रदीप पौडेल, सुनिल पाण्डे, ताराप्रसाद शर्मा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, लोकेन्द्रबहादुर सुनार, र रमेश बस्ताकोटी निर्वाचित भए । महिला सदस्यमा रञ्जिता शर्मा, राधिका शर्मा कँडेल र रोशन गुरुङ विजयी भए ।
दलित सदस्यमा सानेबहादुर नेपाली (कोइराला), आदिवासी जनजाति सदस्यमा रुद्रबहादुर थापा र रामजी राना, अल्पसंख्यक सदस्यमा पदम छन्त्याल निर्वाचित भए । प्रदेशमा २१ सदस्यीय कार्यसमितिको लागि एकैपटक निर्वाचन भएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


